छात्रवृति विवरण पेश गर्न कमल गाउँपालिकाको निर्देशन

कमल, १६ साउन । झापाको कमल गाउँपालिकाले पालिका भित्रका संस्थागत विद्यालयहरुलाई छात्रवृति विवरण पेश गर्न निर्देशन दिएको छ ।कमल गाउँपालिका शिक्षा समितिको सम्पन्न बैठकले पालिका भित्रका सबै संस्थागत विद्यालयहरुलाई शिक्षा नियमावली २०५९ को नियम १५१ को उपनियम १ मा व्यवस्था भए अनुसार छात्रवृतिसहितका शैक्षिक विवरण भदौ १५ गते भित्र पेश गर्न निर्देशन दिएको हो ।
मंगलवार पालिका अध्यक्ष हुकुमसिंह राईले सवै संस्थागत विद्यालय सञ्चालकलाई परिपत्र गरि त्यस्तो निर्देशन दिईएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताएका छन् ।बैठकले संस्थागत विद्यालयलाई कुल विद्यार्थी संख्या, विद्यार्थी संख्याका आधारमा १० प्रतिशत छात्रबृति वितरण गरेको,नगरेको विवरण पेश गर्न परिपत्रमा भनिएको छ ।
संस्थागत विद्यालयले आफना अध्ययनरत उत्कृष्ठ तथा जेहेन्दार विद्यार्थीलाई शतप्रतिशत, ५० प्रतिशत छात्रवृति र उपनियम २ बमोजिम कुल विद्यार्थी संख्याको नघटाई १० प्रतिशत गरिव, अपांग, दलित तथा जनजाति विद्यार्थीलाई नियमानुसार छात्रवृति नदिएको गुनासो आएपछि पालिकाले त्यस्तो निर्णय गरेको परिपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.