दमक,१४ साउन । दमक नगरपालिकाकाले प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको विषयमा सत्यतथ्य बुझने बताएको छ ।दुई दिन अघि आफनै क्वाटरमा एक महिलासंगको सम्बन्ध टिकटकमार्फत बाहिरिएपछि नगरपालिकाले ध्यानाकर्षण भएको बताउदै त्यसबारे सत्यतथ्य बुझेर कारवाही थाल्ने उल्लेख गरेको छ ।
आज अपरान्ह नगरप्रमुख राम थापाले बिज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा आएका बिषयहरुमा ध्यानाकर्षण भएकाले यस बिषयमा सत्यतथ्य बुझि आवश्यक कार्वाहीका लागि मन्त्रालयमा पत्राचार गरिने बताएको छ ।
घटना एकाएक बाहिरिएपछि नगरपालिकाको त्यसप्रति कुनै धारणा नआएको भन्दै स्थानीय बासिन्दाले आलोचना गरेका थिए ।
कार्यालय प्रवेशमा रोक लगाउन माग
प्रमुख प्रशासकीय अधिकृत निरौलाले हर्कतले नगरकै प्रतिष्ठामा आँच पुगेको भन्दै कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश रोक लगाउन माग गरेका छन् ।प्रमुख प्रशासकीय अधिकृतको क्वाटरभित्र एक महिलासँगको अनैतिक भिडियो सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले सामूहिक रुपमा कारबाहीको माग गरेका हुन् । उक्त घटनाले आम नागरिकको ध्यानाकर्षण भएको बताउँदै उनीहरुले तत्काल बैठक बोलाउन माग गरेका छन् । उक्त भिडियो प्रकरणले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
युवा संघद्धारा तालावन्दी
यसैवीच नेकपा एमाले निकट युवा संघले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालावन्दी गरेको छ ।युवा संघ दमक नगर कमिटीका अध्यक्ष निरौलाको यो हर्कतले सिङ्गो दमक नगरकै बेइजत भएकाले उनलाई त्तत्काल कार्वाहीका माग राख्दै तालावन्दी गरिएको संघका अध्यक्ष राम पौडेलले बताए ।
उनका अनुसार ज्ञापनपत्र नगर उपप्रमुख र रेगिना भट्टराई प्रसाईलाई बुझाईएको छ । सार्वजनिक पद धारण गरेर बस्ने व्यक्तिले सार्वजनिक ठाउँमै यो खाले हर्कत गरेको भन्दै तत्काल कार्वाही गरिनुपर्ने संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।