भुक्तानी रोकिएको भन्दै झापामा निर्माण व्यवसायीको धर्ना

झापा, १४ साउन । भुक्तानी रोकिएको भन्दै झापाका निर्माण व्यवसायीहरूले आइतवार जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् ।सरकारबाट म्याद थपको विषयमा भएको त्रुटिपूर्ण आदेशको विरोध गर्दै निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले दिनुपर्ने माग राख्दै व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिएका हुन् । देशभर निर्माण व्यवसायीको भुक्तानी रोकिएको सन्दर्भमा आफ्ना बिभिन्न माग सहित जिल्ला प्रशासन कार्यालय झापाको मूलगेटमा धर्ना दिएको निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए ।
संघको अगुवाइमा भएको धर्ना कार्यक्रममा जिल्लाका २५ जना भन्दा बढि व्यवसायीहरूको उपस्थिति रहेको थियो । धर्नापछि संक्षिप्त कोणसभामा अध्यक्ष बस्नेतले राज्यको गैर जिम्मेवारपूर्वक निर्णय विरुद्ध निर्माण व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । ‘म्याद थप, भुक्तानीका बारेमा महासङ्घले गत फागुनदेखि नै सरकारका सबै सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उल्लेख गरे ।
धर्ना कार्यक्रममार्फत निर्माण व्यवसायीहरूले व्यवसायीको मागलाई राज्यले कहिल्यै पनि गम्भीर रुपमा नलिएको भन्दै अब निर्णायक आन्दोलन गर्नुपर्ने चेतावनी दिएका छन् । केही दिन अगि आफ्नो माग पूरा गर्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत निर्माण व्यवसायीहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published.