दमकमा इन्टर स्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकनको दोश्रो अडिशन

दमक,१४ साउन । दमकमा सञ्चालित इन्टर स्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन नेपाल रियालिटी सोको दोस्रो अडिसन सकिएको छ ।दमकस्थित कनकाई पार्टी प्यालेसमा शनिवार भएको दोश्रो चरणको अडिशन राउण्डमा २५ जना सहभागिले प्रतिष्पर्धा गरेका थिए । गत साउन ६ गते पहिलो चरणको अडिशन भएको थियो । आइकन किङस नेपाल क्रिएसनले सञ्चालन गरेको किङ डान्स एकेडेमीका डाइरेक्टर कृष्ण साहले जानकारी दिए ।
दोस्रो चरणको अडिसनमा दमकसहित केर्खा, दूधे, झिलझिले, सुरुङ्गा ,मोरङको पथरी, उर्लाबारी, विराटचोक (सुन्दरहरैचा), इलामका स्कूले विद्यार्थीहरुको सहभागिता रहेको छ ।
अडिसनमा सुवास खरेल, निर्मला तामाङ, मनिशा चहर र विकल थामीले निर्णायकको भूमिकामा रहेका थिए भने सोही दिन भएको टेवल टकमा क्याम्व्रिज सेकेण्डरी स्कूल दुधेका फाउन्डर चियरमेन रामसुहाङ लिम्बू र शिवसतासी ३ पारावारी स्थित विज्ञान एजुकेसन एकाडेमीका फाउन्डर चियरमेन प्रमिला तामाङ निर्णायकको भूमिकामा रहेका थिए ।
यसैगरि, जारी आइकनको दोश्रो चरणसम्मका प्रतिष्पर्धी मध्ये छनौट चरण पार गरेका प्रतियोगिहरुको नाम सार्वजनिक गरि त्यसलगत्तै उनीहरुका लागि बन्द प्रशिक्षण सञ्चालन गरिने आयोजक संस्थाका डाइरेक्टर साहले जनाएका छन् ।
प्रतियोगिताको ग्राण्ड फिनाले यहि भदौको पहिलो साता हुने छ । १६ बर्ष मुनीका किशोरकिशोरीको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्याव्सन झापाको सहकार्यमा आयोजक संस्थाले आईकन आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न विद्यालयका ६ दर्जन बढी विद्यार्थीहरुको सहभागि छन् ।

Leave a Reply

Your email address will not be published.