२९औं विश्व आदिबासी दिवस आदिवासी रंगशालामा मनाउने

दमक ,६ साउन । झापामा २९औं अन्तराष्ट्रिय आदिवासी दिवस यहि साउन २४ गते भव्य मनाउने भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ झापाको संयोजनमा आज झापाको विर्तामोडस्थित अतिथि सदनमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार झापाको कमल गाउँपालिका वडा न. ५ मा निर्माणाधिन आदिवासी रंगशालामा मनाउने निर्णय गरिएको नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । बैठकले झापा जिल्लाभित्रका १५ वटे पालिकाका सम्पूर्ण जातिय संस्थाहरुलाई समेटेर एकै ठाउँमा दिवस मनाउने गरी नेफिन झापाको संयोजकत्वमा आयोजक समिति समेत निर्माण गरेको छ ।
बैठकले जिल्लास्तरमा आबद्ध सम्पूर्ण जातिय संस्थाहरुलाई आयोजकको रुपमा रहने र नगर र गाउँ स्तरीय समन्वय समिति सह–आयोजकको रुपमा रहने गरी आवश्यकीय व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।
अन्तराष्ट्रिय आदिवासी दिवसलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन र व्यवसथापन गर्न, गराउनको लागि नेफिन झापाको संयोजकत्वमा सचिवालय समिति समेत गठन गरिएको छ ।
बैठकमा नेफिन झापमा आबद्ध विभिन्न जातिय संघ–संस्थाका अध्यक्ष, नगर र गाउँका अध्यक्ष, प्रतिनिधि, नेफिनका पूर्व अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.