प्रेस युनियनद्धारा विरामीलाई फलफूल वितरण

दमक,६ साउन । महामानव वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले विरामीलाई फलफूल वितरण गरेको छ ।
शनिबार सो संगठनले दमक अस्पतालमा उपचाररत २५ जना बिरामीलाई अस्पतालको बेडमै पुगेर फलफूल वितरण गरेको हो ।प्रेस युनियनका केन्द्रीय प्रतिनिधि बिष्णु सुब्बाले फलफूल वितरणको औपचारिक शुभारम्भ गरेका आयोजक समितिका सचिव सन्तोष विष्टले जानकारी दिए ।
युनियनका जिल्ला सभापति गिरिराज भट्टराई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्धय अइन्द्रविक्रम केरुङ, सत्यनारायण चौधरी, कांग्रेस दमक ५ का सभापति चैतन्य बराल, वडा नं १ वडा सचिव यज्ञ भट्टराई, क्षेत्रीय प्रतिनिधि जितबहादुर धिमाल, युनियनका जिल्ला सदस्य युवराज रेग्मी, शान्ति सुब्बा लगायतले फलफूल वितरण गरेका थिए । सो अवसरमा प्रेस यूनियनका अग्रज तथा नेताहरुले नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको विचार सधैं गरीब दुःखीहरुको सेवा गर्नु भन्ने भएकाले सेवामूलक कार्यक्रम गरिएको बताएका थिए ।
फलफूल हस्तान्तरणमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह, अस्पतालका कर्मचारी श्याम राजवंशी लगायत स्वास्थ्यकर्मी, नगर प्रहरी लगायतले सहजीकरण गरेका थिए । पत्रकारहरुको पेशागत जिम्मेवारीमात्रै नभएर सामाजिक उत्तरदायित्व समेत हुने भएकाले संगठनले यस किसिमका सेवामुलक कार्यक्रमहरु पनि समय समयमा गर्दै आएको आयोजक यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.