सेउती पुलमा गोली प्रहार गरी युवकको हत्या

धरान, ५ साउन । अज्ञात लुटेरा समूहको गोली प्रहारबाट आज सुनसरीको धरान–तरहरा सडक खण्डको सेउती पुलमा एक जना युवाको हत्या गरिएको छ । गोली प्रहारबाट मृत्यु हुनेमा विराटनगर–५ का २८ वर्षीय रोहित चौधरी भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।
गोली लागेर सख्त घाइते भएका चौधरीलाई उपचारका लागि बीपी प्रतिष्ठान ल्याइएको थियो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनकुटाको मूलघाटबाट विराटनगर आउँदै गरेका चौधरीमाथि अपराह्न हतियारधारी समूहले लुटपाट गरेको थियो । गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर लुटेरा फरार भएका छन् । तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जना सँग खुकुरी र एक जना सँग पेस्तोल रहेको मृतक चौधरी सँगै रहेकी युवतीले जानकारी दिइन् ।उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.