केर्खा वजारमा सिलाम् साक्मा स्थापना

केर्खा ,२ साउन । कमल गाउँपालिका ३ केर्खावजारमा किरात याक्थुङ लिम्बू जातिको मौलिक रक्षा कवचको प्रतिक “सिलाम् साक्मा” स्थापना गरिएको छ ।मंगलवार एक कार्यक्रम गरि नवनिर्मित “सिलाम् साक्मा” को किरात याक्थुङ चुम्लुङ्गकी केन्द्रीय सदस्य चन्द्रकला सुब्बाले अनावरण गरिन् ।
किराँत याक्थुङ मुन्धमअनुसार रक्षाकवचका रुपमा यस किसिमको सिलाम साक्मा प्रयोग गरिदैआएपनि पछिल्ला समय यस्ता सामाग्री लोप हुदै गएकाले त्यसको संरक्षण गर्न सिलाम साक्मा स्थापना गरिएको चुम्लुङ्ग झापाका सल्लाहकार सुर्यप्रसाद लिम्बूले बताए । उनले लिम्बू समुदायको सरसहयोगबाट संस्कृतिमूलक सिलाम साक्मा निर्माण गरिएको बताए । सिलाम साक्मा स्तम्भ निर्माण गर्न करिव एक लाख रुपैया जुटाएको उल्लेख छ ।
सिलाम साक्मा अनावरण कार्यक्रममा लिम्बू समुदायको संस्कृतिमूलक च्यावु्रङ्गसमेत प्रर्दशन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.