पिकअपले किचेर २० महिने बालकको ज्यान गयो

इलाम, २ साउन । इलामको सूर्योदय नगरपालिका -४ मा पिकअपले किच्दा २० महिने बालकको ज्यान गएको छ । बाघपाइलेका धिरज रिजालको छोरा रियन रिजाललाई आफ्नै घर अगाडी बाटोमा गाडीले किचेको ज्यान गएको हो। बाटोमा ढुंगाले छेकेपछि गाडी स्टार्टमा राखेर चालक ढुंगा पन्छाउन गएका थिए ।
गाडीको दाहिने भागको टायरमुनी रहेको बच्चालाई गाडीले किच्दा टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।घाइते बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकीमा ल्याउदा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख उपरीक्षक दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा संलग्न मे १ ज ३६२ नम्वरको पिकअपसहित चालक सोही ठाउँका २६ बर्षका रेजन मगरलाई प्रहरी चौकी श्रीअन्तुले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published.