झापा, शिवगञ्जका ढकाल केदारनाथसम्मको साईकल यात्रामा निस्किए

शिवगञ्ज,२ साउन । झापा,शिवसताक्षीस्थित शिवगञ्ज वजार निवासी अमर ढकाल सोमबारदेखि साईकलमै भारतको केदारनाथ सम्मको यात्रामा निस्किएका छन् ।नेपालको पर्यटन,प्रवद्र्धनलाई प्रचार प्रसाद गर्ने उद्देश्य लिएर उनी एक्लै १३ दिन लामो केदारनाथसम्मको यात्रामा निस्किएका हुन् ।
२३ बर्षिय ढकाललाई शिवसताक्षी नगरपालिका वडा न. ६ का वडाअध्यक्ष मनोजकुमार खुलालले फूलमाला तथा खादा ओढाएर विदाई गरे ।दैनिक सय किलोमिटर यात्रा गर्ने लक्ष्यका साथ उनले १३ दिनमै केदारनाथसम्मको १३सय ६५ किलोमिटर लामो साईकल यात्रा पूरा गर्ने आत्मविश्वासमा छन् । दैनिक ६ वजेदेखि साँझ ६ वजेसम्म साईकल चलाएर यात्रा गर्ने सोच राखेका उनले महाकालीको महेन्द्रनगरसम्म पुगेर भारत प्रवेश गर्ने बताउँछन् ।
रु १८ हजारमा गियर वाला खरिद गरि घुमफिरसंगै केदारनाथ दर्शनमा निस्किएका उनले यात्राको पहिलो दिन रमाइलो भएको अनुभव सुनाए । पहिलो दिन होला , खासै अफ्ठयारो महषुष नभएको भन्दै उनले भने, –‘पवित्र उद्देश्य बोकेर यात्रामा छु, पक्कै पनि यसमा सफलता प्राप्त गर्ने छु ’
ढकालले यसअघि यतिका लामो साईकल चलाएका थिएनन् । गाउँघरमा यताउता साईकल कुदाए पनि यतिका लामो यात्रा भने पहिलो पटक अनुभव सम्हाल्न लागेको उनले सुनाए । आफनै खर्चबाट यात्रामा निस्किएका उनलाई वाटोमा गाहेसाहे परे सहयोग पुरयाँउने वचन दिएका छन् वडाअध्यक्ष खुलालले । वडाअध्यक्ष खुलालले साईकल यात्री ढकाललाई यात्रा अवधिमा केहि परे खबर गर्न सल्लाह दिएको बताउँछन् । केहि परे सम्पर्क गर्न भनेको छु ,–‘ यात्राका बारे उनले हामीलाई खबर गर्न ढिलाई गरे, तर पनि यहाँबाट हुने सहयोग उपलव्ध गराउन प्रतिवद्ध छौ ’

 

Leave a Reply

Your email address will not be published.