झापा,१ साउन । प्रदेश नामकरणमा असन्तुष्ट जनाउदै आन्दोलनरत पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेजीको आन्दोलन नरोकिने बताएका छन् । आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि अव युवा दस्ता समेत झापामा पनि केहि समयपछि गठन हुने बताएका छन् ।
आदिवासी जनजातिहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम–५०८३ को अवसरमा आज विर्तामोडस्थित मुक्तिचौकमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले आन्दोलनको विभिन्न स्वरुपहरुमध्ये विभिन्न पर्वहरुमा पनि कोशी खारेजीको आफनो आन्दोलनलाई सशक्त बनाउँदै लैजाने उद्घोष गरेका छन् ।
किरात याक्थुङ् चुम्लुङको संयोजनमा केलाःङ, याःलाःङ, येबा लाःङ् , माङ् लाःङ् र किरात राई यायोख्खाको संयोजनमा साकेला नाचको बृहत संयोजन गरी विर्तामोडको मुख्य केन्द्र मुक्ति चौक परिक्रमा गरी कोण सभामा परिणत गरिएको थियो ।
प्रदेशको नाम कोशी खारेज गर, प्रदेशको नाम कोशी मान्दैनौं, पहिचान विरोधी होसियार, सहिद लाजेहाङ् अमर रहुन् भन्ने नाराका साथ चौक परिक्रमा गरी कोण सभामा परिणत भएको र्यालीमा आ–आफ्नो भेषभूषामा सजिएका सांस्कृतिकप्रेमीहरु हजारौंको उपस्थिति रहेको थियो ।
प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति अर्जुनधारा झापाका संयोजक येहाङ् लावुङ् लिम्बूको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरी, किरात राई यायोख्खा झापाका बरिष्ठ उपाध्यक्ष, नेफिन झापा उपाध्यक्ष तथा संघर्ष समिति झापाका जातिय संस्था परिचालन संयन्त्रका संयोजक केवलराम राई, किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष तथा प्रदेश न।ं १ पुनः संयुक्त संघर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ् फियाक लिम्बू, पहिचानवादी महिला नेतृ मिना पन्दाक, पहिचानवादी नेता ज्ञानु इम्बुङ्, इन्दिरा द्यौराली, पहिचनवादी युवा नेता कैदी मावो, कियाचु दमकका अध्यक्ष देवेन्द्र चेम्जोङ्, कियाचु बुद्धशान्तिका अध्यक्ष फौदराज सेर्मा लगायतकाले प्रदेशको नाम शंसोधन नगरिएसम्म आन्दोलन दिनदिनै चर्काउँदै जाने जोड दिए ।
उनीहरुले कोशी खारेजी र पुन : नामकरणको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याइ छाड्नका लागि झापामा तत्कालै पहिचानको लागि युवा दस्ता गठन गरेर मार्च पास गराउने समेत बताएका छन् ।
वक्ताहरुले राज्यले आन्दोलनलाई दमन गरे भूमिगत भएर भएपनि पहिचान र अस्तित्वको लडाईमा सफलता चुम्ने विश्वास रहेको कुरामा जोड दिँदै सम्पूर्ण पहिचानवादी जनताहरु आन्दोलनमा होमिन आव्हान गरे ।
किरात याक्थुङ् चुम्लुङ् विर्तामोड नगर शाखा र प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति अर्जुनधाराको संयुक्त आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा किरात राई योयाख्खा झापाका अध्यक्ष गणेश राई, किरात याक्थुङ् चुम्लुङ् झापाका पूर्व अध्यक्ष, पहिचानवादी नेता भक्त खेवाङ्, पहिचानवादी महिला नेतृ विष्णुमाया भट्टराई, किरात याक्थुङ् चुम्लुङ् झापाका राष्ट्रिय चुम्लुङ् सदस्य जनबहादुर जवेगु, कियाचु भद्रपुर नगर कार्य समितिका अध्यक्ष मुना इजम, याक्थुङ् युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, याक्थुङ् लेखक संघका केन्द्रिय उपाध्यक्ष संगम सुहाङ्, पत्रकार दिपीन राई, गौरीमान राई लगायत चुम्लुङ् र राई योयाख्खाका जिल्ला, नगर, गाउँ र वडा तहका तहगत पदाधिकारी एवम् सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।
आयोजक संस्थाका घटक किरात याक्थुङ् चुम्लुङ् विर्तामोड नगर शाखाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सचिव सन्तोष बेघाले कार्यक्रम सञ्चालन गरेका थिए ।