हेवा खोलामा ट्रक दुर्घटना ,एकको मृत्यु दुई घाईते

झापा, ३१ असार । फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाईते भएका छन् ।ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका -७ का ३८ बर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । हिलिहाङ -७ का ट्रक चालक ४५ बर्षीय ज्ञानु थापा भनिने पारसमणी थापा र ३१ बर्षीय जीवन गदाईली दुर्घटनामा परी घाईते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published.