पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा,३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । आइतबार पत्रकार सम्मेलन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिए ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ ।

Leave a Reply

Your email address will not be published.