स्व.वान्तवाको स्मृति ग्रन्थ लोकापर्ण

दमक,२७ असार । किरात राई यायोक्खा झापाका संस्थापक अध्यक्ष समेत रहेका स्वर्णपुरुष स्व.सन्तकुमार बान्तवाको सम्झनामा स्मृति ग्रन्थ निकालिएको छ ।बुधबार पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेशमा एक कार्यक्रम गरि स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।
अर्जुन राईको अध्यक्षता तथा समाजसेवी मनोज साम्पाङको प्रमुख आतिथ्यतामा भएको लोकापर्ण समारोहमा समाजसेवी पूर्णानन्द शर्मा , उनका समकालीन तथा सामाजिक अगुवाहरु,परिवारजनहरुको उपस्थिति रहेको थियो ।
स्मृति ग्रन्थ प्रकाशन समितिले आयोजना गरेको उक्त कार्यक्रममा ग्रन्थ प्रकाशन समितिका सम्पादक पदम राईले ग्रन्थका बारेमा टिप्पणी गरेका थिए ।स्व. वान्तवाकी श्रीमती कृष्णकुमारी राई र छोरा कमलकुमार राई प्रकाशक रहेको ग्रन्थमा पारिवारिक विद्धत,सामाजिक दृष्ट्रिमा विभिन्न क्षेत्रका लेखकहरुका आ–आफनो विचार समावेश छ ।२८७ पृष्ठको सो ग्रन्थ लोकापर्ण कार्यक्रममा सहभागिहरुले स्व. वान्तवाको योगदान पुस्तकमार्फत थप उजागर हुने औल्याएका थिए । कार्यक्रममा स्व. वान्तवाका भाई दिलीप राईले स्वागत मन्तव्य राखेका थिए ।
१९९१ साल असार १५ गते पान्थरको रविस्थित पाङतुवामा जन्मिएका वान्तवाको २०६८ फागुन २० गते ७७ वर्षको उमेरमा निधन भएको थियो । कमल गाउँपालिका ६ निवासी स्व. वान्तवाकी श्रीमती कृष्णकुमारी,छोराहरु कमल,गणेश , भिष्म रहेका छन् ।

Leave a Reply

Your email address will not be published.