दमक,२६असार । नेकपा एकीकृत समाजवादीले दमकमा सम्मेलन आयोक कमिटी गठन गरेको छ ।एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालको उपस्थितिमा आज मंगलबार सम्पन्न बैठकले नगर कमिटीका उपसचिव रोशन भण्डारीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन हो ।
युवा नेता भण्डारी एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू केन्द्रीय कमिटीका उपाध्यक्ष तथा दमक बहुमुखी क्याम्पसको निर्वतमान स्ववियु सचिव लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि, २५ सदस्यीय रहेको नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी गठन भएको थियो । सो कमिटीका अध्यक्ष महेश घिमिरेले पारिवारिक र व्यवसायीक समस्याहरु दर्शाउँदै ं जिम्मेवारीबाट बाहिर रहने फेसबुक मार्फत घोषणा गरेका थिए । घिमिरेले पदबाट बाहिर रहेर स्वतन्त्र नागरिक जीवन बिताउने घोषणासंगै एकीकृत समाजवादी दमक नगर कमिटीको दैनिक कार्यसम्पादनमा समस्या उत्पन्न भएको थियो ।
आज सम्पन्न भेलामा पार्टी प्रदेश कमिटीका सदस्य तथा व्यवसायी शसी पौडेल, दमक नगर इन्चार्ज हरिप्रसाद नेपाल, जिल्ला कमिटी सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्रका इन्चार्ज भीम दाहाल, समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राई, अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई अध्यक्ष आयुषमान पोख्रेल, दमक बहुमुखी क्याम्पस स्ववियू सदस्य अब्जल सिर्टौला, दमक उद्योग बाणिज्य संघका सल्लाहकार युवराज घिमिरे, स्वास्थ्यकर्मी चन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।