झापा,२६ असार । मेचीनगर–१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गंभीर घाईते बालकको निधन भएको छ ।धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्डेन (मन्टेश्वरी )को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओम शान्तिकी मेरिना लिम्बूका ८ वर्षिय छोरा पान्चोप लिम्बूको आज विहान बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको थियो । यसैवीच, हिजो नै प्रहरीले मन्टेश्वरीका सञ्चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।