वडा सदस्य प्रधानलाई पितृशोक

दमक,२५ असार । झापाको कमल गाउँपालिका ५ का वडा सदस्य ओमकुमार प्रधानलाई पितृशोक परेको छ । दमकस्थित हिमालय माध्यमिक बिद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहेका उनका ९३ बर्षिय पिता शिवलाल प्रधानको ९३ वर्षको उमेरमा आज बिहान १०.३० मा आफ्नै निजी निवास कमल ५ आइतबारेमा निधन भएको हो । उनी लामोसमयदेखि शारीरिक रुपमा अस्वस्थ्य थिए ।
दिवंगत प्रधानको अन्तिम दाहसंस्कार भोलि असार २६ गते मंगलवार बिहान १० बजे पवित्र कन्काई माई नदिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.