उर्लाबारी, २० असार । बाढीले डाइभर्सन बगाएपछि मोरङको कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षापछि गेउरिया खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आजदेखि सडक अवरुद्ध बन्न पुगेको हो ।
कानेपोखरी–रङ्गेली सडकअन्तर्गत रङ्गेली नगरपालिकाको वडा नं.९ र कोनेपोखरी गाउँपालिकाको वडा नं.२ लाई जोड्ने गेउरिया खोलामा नौ वर्षदेखि सुरु भएको पुल अझै बनिसकेको छैन् । पछिल्लो पटक म्याद थपेर असार मसान्तसम्ममा सुचारु हुने भनिएको पुल १५ दिन अघि ढलाइ भएको हो ।
कानेपोखरी २ का वडा सदस्य भीमबहादुर कार्कीले भने, ‘‘ढलाइ भएको दुई साता मात्रै भएको छ, पानीको बहाव बढेकाले पुल पनि उच्च जोखिममा परेको छ ।’’