गुरुपूर्णिमामा घर बहालको दमकमा रक्तदान

दमक,१८ असार । गुरुपूर्णिमाको अवसर पारेर सोमबार दमकमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल घर बहाल उपभोक्ता समिति झापाको आयोजना तथा दमकस्थित नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा १५ पिन्ट रगत संकलन भएको हो ।
स्थानीय ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा भएको रक्तदानमा ५ महिलासहित १५ जनाले रगतदान गरेका रक्तसञ्चार सेवा केन्द्रका प्रबर्तक सिद्धार्थ दाहालले जानकारी दिए ।
झरी, बर्षाका कारण विरामीलाई रगतको अभाब हुन नदिन संस्थाले बार्षिक कार्यक्रम अनुसार रगतदान कार्यक्रम गरिएको अध्यक्ष सिताराम खतिवडाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.