बकर ईद मनाइँदै, आज सार्वजनिक बिदा

झापा, १४ असार। मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व बकर ईद आज मनाइँदै छ। यस अवसरमा मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्छन्।

नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ। यो पर्व चार दिनसम्म मनाइन्छ। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ।बकर ईदकै अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

Leave a Reply

Your email address will not be published.