दमक,१४ असार । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा प्रथम पूरानो तोपगाछी केर्खा महोत्सव–२०८० शुरु भएको छ ।स्थानीय केर्खा स्टार क्लवले आयोजना गरेको एक महिने महोत्सव हिजो बुधबारदेखि औपचारिक रुपमा शुरु भएको क्लवका सचिव तथा महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद कोइरालाले बताए ।
उनका अनुसार महोत्सवमा स्थानीय जनजातिका खाद्यपरिकार, कृषि प्रर्दशनीसहित विभिन्न खेलतमासाहरु राखिएका छन् ।त्यस्तै, दैनिक स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारहरु मेलिना राई,तृष्णा गुरुङ, एलिना चौहान,लाहुरे लगायतको दमदार प्रस्तुति रहने जनाईएको छ । उनले महोत्सवबाट संकलन हुने सहयोग रकमबाट यस क्षेत्रमा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिए ।