विप्लवका कार्यकर्ताले लगाए दमकको जीवन विकास लघुवित्तमा ताला

दमक,१० असार । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले दमक – ८ मा रहेको जीवन विकास लघुवित्तमा तालाबन्दी गरेको छ।आज दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको छ।

यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको , चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सी ले बताए ।
उक्त संस्थाले कयौं दिदीबहिनीहरुलाई आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने युवा संगठनले चेतावनी दिएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजीको आरोपमा हिजो विर्तामोडस्थित बुधबारे हटियामा नबराज विमलिको घर कब्जामा लिएको थियोे ।

Leave a Reply

Your email address will not be published.