सिम्लेमा नेविसंघको आँखा शिविर, ३२२ जनाले सेवा पाए

दमक,९ असार । नेपाल विद्यार्थी संघ कमल गाउँपालिका समितिले शनिवार कमल -५ सिम्लेमा आयोजना गरेको निशुल्क आखाँ शिविरमा ३सय बढीले सेवा लिएका छन् ।ग्रामीण क्षेत्रका विपन्न समुदायलाई लक्षित गरि संघले आयोजना गरेको निशुल्क आँखा शिविरमा ३२२ जनाले आखाँ जाच गराएका हुन् । आखाँ जाच मध्ये २५ जनामा मोतिया विन्दु र १५ जनामा आखाँमा मासु पलाएको पाइएको नेविसंघ कमलका सभापति अनिल सम्बाहाम्फेले बताए । काकड्भिटटास्थित मेची आइकेयर सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा मोतिविन्दु र आखाँमा मासु पलाएका समस्या देखिएका विरामीको निशुल्क शल्यक्रिया समेत गरिने उनले बताए । शल्यक्रिया ११ असारमा गरिने बताईएको छ ।

त्यस्तै,शिविरमा आखाँ परीक्षणसहित औषधीहरु समेत निशुल्क वितरण गरिएको थियो ।शिविर नेविसंघका झापा जिल्ला सभापति सञ्जय निरौलाको अध्यक्षता तथा नेविसंघ कमलका सभापति अनिल सम्बाहाम्फेको संयोजकत्वमा भएको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेस कमलका सहसभापति खगेन भण्डारी रहेका थिए ।कार्यक्रममा नेविसंघ झापाका उपसभापतिहरु सन्जय राई, विशाल सिटौला, द्रोर्ण दाहाल, सहसचिवहरु सुनिल हाताछु , आशिष लोछार्वी , निर्वतमान कोषाध्यक्ष नवराज ढकाल, निर्वतमान उपसभापति सहदेव भटटराई, दमक सभापति विशाल अधिकारी, सचिव समिर सेंगदेन तामांग , सदस्य रुस्तम मगर, ललित मगर लगायतका नेविसंघका नेताहरुको उपस्थिति रहेको जिल्ला सचिव जितेन राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.