उर्लाबारीको बजेट १ अर्व ३० करोड ४० लाख

उर्लाबारी, ९ असार । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ३० करोड ४० लाख बराबरको बजेट ल्याएको छ । आज आयोजित दशौं नगरसभामा बजेट प्रस्तुत गरिएको हो ।
नगरसभामा उपप्रमुख मीना खतिवडा पौडेलले नीति, कार्यक्रम तथा बजेट पेश गरिन् । बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख, पुँजीगततर्फ ७३ करोड २ लाख अनुमान गरिएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सभामा प्रदेश सांसद उमाकान्त गौतम र विद्या चाम्लिङको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.