दमक,७ असार । दमकमा क्रियाशील दुई वटा भाषा प्रशिक्षण संस्थाले यहि असार १६ गते अन्तर कलेज फूटसल प्रतियोगिता गर्ने भएको छ ।दमक ८ मा रहेको माउण्ट फूजी कन्सलटेन्सी र दमक ५ मा रहेको फूजीसान एकाडेमी कन्सलटेन्सीले संयुक्त रुपमा एक दिने अन्तर कलेज फूटसल प्रतियोगिता गर्ने भएको हो ।आज आयोजक दुवै संस्थाले पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो ।
‘शिक्षाको लागि स्वास्थ्य र स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिताका बारेमा फूजीसानका प्रविण सम्बाहाम्फे,माउण्ट फुजीका विनोद पौडेल, फूजीसानका विवेक मैनाली, विष्णु सम्बाहाम्फे लगायतले जानकारी गराएका थिए । प्रतियोगितामा झापा र मोरङका विभिन्न १६ वटा कलेजका विद्यार्थीहरुको सहभागिता रहने छ । प्रतियोगिता दमक ५ स्थित विष्ट् फूटसल खेल मैदानमा हुने छ । आयोजकले यस प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गरिने जनाएका छन् ।
प्रतियोगितामा विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार ,प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्ने छन् । यसैगरि प्रतियोगितामा वेष्ट किपर, म्यान अफ दि म्याचसहित विभिन्न विद्याका उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक कविराज राईले बताएका छन् ।