चन्द्रदर्शन शाकोसको स्थापना दिवसमा वृक्षरोपण

दमक,६ असार । कमल ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले १३ औं स्थापना दिवसको अवसर पारेर वृक्षरोपण गरेको छ ।संस्थाले नमुना चोकस्थित पहिलो पाऊ पाथिभरा धाम परिसरमा वृक्षारोपण गरेको हो । गृहेश्वरी किर्तन मण्डलीको पुजाबाट सुरु भएको कार्यक्रम लेखा संयोजक प्रेम प्रसाद दुलालको अध्यक्षता र कमल -५ का वडाध्यक्ष लालबहादुर बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण गौतम, पूर्व लेखा संयोजक एकराज प्याकुरेल, सल्लाहकार योगेन्द्र थापा, संस्थापक सदस्य प्रेम बहादुर कार्की, पहिलो पाऊ पाथीभरा धामका अध्यक्ष नेत्र प्रसाद दाहाल, सचिव तेज प्रसाद उप्रेति, गुह्येश्वरी सामाजिक संस्थाका अध्यक्ष गोपाल निरौला, गुह्येश्वरी किर्तन मण्डलीका उपाध्यक्ष शुसिला धिताल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सुपारी, जामुन, बेल, धुप्पी लगायत बिभिन्न फलफूलका बिरुवाहरु रोपिएको थियो । सो कार्यक्रममा चन्द्रदर्शन साकोस, पहिलो पाऊ पाथिभरा धाम, गुह्येश्वरी सामाजिक संस्था, गुह्येश्वरी किर्तन मण्डलीका पदाधिकारी र सदस्यहरु, शेयर सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.