रास्वपाको स्थापना दिवसमा रक्तदान

दमक,६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो स्थापना दिवसको अवसर पारेर दमकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पार्टीको क्षेत्र नं. ५ समितिले स्थापना दिवसको अवसरमा दमक चोकमा बुधबार गरेको रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको रक्तदानमा राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्रीय समिति सदस्यहरु, दमक सभापति विवेक पाठक, गौरादह सभापति जगत अधिकारी, कमल सभापति केदार चापागाइँ लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.