दमक,५ असार । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुले आज दमकमा ¥याली निकालेका छन् । ¥याली दमकमा रहेको लिड नेपालले निकालेको संस्थाका अध्यक्ष शुसील पौडेलले बताए ।
दमक -५ स्थित बेलडाँगी रोडबाट शुरु भएको ¥याली भृकुटी चौक,रातोपुल, नगरपालिका ,वजार हुदै चौंकमा आएर समापन गरिएको थियो । विभिन्न प्लेकार्डमा सहभागि ¥याली पछि स्थानीय गणतन्त्र चौंकमा दिपप्रज्जवलनसहित संक्षिप्त कोणसभा समेत गरिएको संस्थाकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला ) ले बताईन् । उनीहरुले यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायहरुलाई समाज पुर्नास्थापना गराउन तथा उनीहरुको अधिकारका निम्ति राज्यको सहयोग हुन नसकेको गुनासो गरेकी थिइन् ।
कार्यक्रम संयोजक चन्चलाका अनुसार जुन महिनालाई विश्वभरिका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुले न्यायको खोजी,लान्छना र भेदभावको अन्त्य भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मनाउदैआएका छन् ।
¥याली पूर्व कार्यक्रमको उद्घाटन नगरपालिकाकी उपमेयर रेगिना भट्टराईले गरेकी थिइन् ।