घुससहित सडकका उपसचिव, इन्जिनियर र लेखापाल पक्राउ

दमक ,५ असार । दमकस्थित ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइका तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।सडकको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिने उपसचिवसहित चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आयोजनाका व्यवस्थापक हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रंगेहात पक्राउ गरेको हो। सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published.