कवि खनालद्धारा बिद्यार्थीलाई कृति पुरस्कार स्वरुप बितरण

कमल, ४ असार । कमल -५ स्थित मंगलमय माविका पूर्व प्रधानाध्यापक समेत रहेका कवि ओमप्रसाद खनालले बिद्यालयमा भएको कविता प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई ूनिलो आकाश ू कविता सङ्ग्रह पुरस्कारको रुपमा प्रदान गरेका छन् ।
सोमवार बिद्यालयमा भएको एक कार्यक्रममा विद्यालयका शिक्षक समेत रहेका कवि खनालले आफूद्धारा लिखीत उक्त पुस्तक पुरस्कारको रुपमा बितरण गरे।पुरस्कृत बिद्यार्थीहरु आधारभुत तह र माध्यमिक तहको कविता प्रतियोगितामा बिजयी भएका हुन् ।पुरस्कृत हुने बिद्यार्थीहरुमा आधारभुत तहमा क्रमश प्रथम, दितिय, तृतिय,र सान्तवना, उपासना अधिकारी, दीक्षा ढकाल, अदिति भट्टराई, स्मृति अधिकारी र माध्यमिक तहमा प्रथम ,दितिय ,तृतिय र सान्तवना क्रमश : भिमकुमारी बस्नेत, अनमोल भट्टराई, अंशु पौडेल रअन्जना ताजपुरीया रहेका छन्।साथै बिद्यालयको पुस्तकालयका लागि समेत उनले केही पुस्तक बिद्यालयका प्रधानाध्यापक मोहनकुमार बगालेलाई प्रदान गरेका छन् । पुस्तक ग्रहण गर्दै प्रअ बगालेले साहित्यिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका खनालको पुस्तकको प्रशंसा गर्दै आगामी दिनमा अन्य कृति प्रकाशनको लागी शुभकामना समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published.