क्याम्पा, १ असार । नेपाल विद्यार्थी संघले झापाको कमल गाउँपालिका -२ क्याम्पास्थित वीपी स्मृति भवन परिषरमा सरसफाईसहित वृक्षरोपण गरेको छ ।सातादिन अघि मात्र संघको कमल पालिकाको जिम्मेवारी पाएका सभापति अनिल सम्बाहाम्फेसहित संघको अगुवाईमा आज संक्षिप्त कार्यक्रम गरि त्यहाँ सरसफाई गर्नुका साथै वृक्षरोपण गरिएको हो । नेविसंघ झापा जिल्ला सह–सचिब आसिस लेछार्बोको प्रमुख आतिथ्यता तथा कांग्रेस कमलका कार्यवहाक सभापति पदम निरौला, कांग्रेस कमलका उपसभापति केदार कट्वाल लगायतको पार्टी कार्यकर्ता,विद्यार्थीहरुहरु उपस्थितिमा त्यहाँ सरसफाइ गरिनुका साथै विभिन्न जातका पचास बढी विरुवा रोपिएका थिए ।
यसैगरि, कमल- ५ सितापुरीस्थित पाउँपाथीरा मन्दिर हातामा पनि बृक्षरोपण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम बार्षिकोत्सबको अवसर पारेर पार्टीको कमलसहित क्षेत्र न.५ समितिको अगुवाईमा वृक्षरोपण गरिएको क्षेत्रीय सदस्य भरतबाबु कार्कीले बताएका छन् ।
यसैगरि, कमल -५ स्थित गुहेश्वरी सामाजिक संस्थाले पनि कमल ५ को वडा कार्यालय जाने मार्ग तथा कार्यालय परिषरमा वृक्षरोपण गरिएको स्थानीय दिनेश अधिकारीले बताएका छन् ।