नेविसंघ कमल गाउँसमितिले पायो पूर्णता

दमक,२८ जेठ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कमल गाउँसमितिका सभापति अनिल सम्बाहाम्फेले कार्यसमिति विस्तार गरेका छन् । संघका सभापति सम्बाहाम्फेले आइतवार कार्यसमितिलाई पूर्णता दिएका हुन् ।
विस्तारित समितिको पाँच उपाध्यक्षमा प्रनेश श्रेष्ठ, पारष गिरी,अभिसेक राइै, खगेन्द्र मगर,रितेश सुवेदी, सचिवमा मनहांग लिछार्वी, दिवस नेम्बाङ,गणेशराज पोख्रेल, रोशन बस्नेत, सहसचिवमा घनेन्द्र बेघा, दिवस रेग्मी, शुष्मा सुनुवार, संगीता कुलुङ, अन्जु शिवा , कोषाध्यक्षमा रिच्चा तुम्रोक र प्रवक्तामा मदन भट्टराईलाई मनोनित गरिएको उल्लेख छ ।
यसैगरि, सात वटा विभागीय समितितर्फ संगठन विभागमा लोकेशसिंह राई, महिला विभागमा अनुषा राई, शैक्षिक विभागमा कुलप्रसाद वगाले,अनुशासन विभागतर्फ सुजन चौधरी, अतिरिक्त विभागतर्फ दिपेश दाहाल र स्वमसेवक विभागतर्फ प्रतिमा मगरलाई जिम्मेवारी प्रदान गरिएको जनाईएको छ । यसैगरि ३७ जनालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको संघले जनाएको छ ।

पदहस्तान्तरण तथा सपथग्रहण सम्पन्न
नेविसंघका जिल्ला सचिब तथा नेविसंघ कमलका निर्वतमान सभापति जितेन साम्पाङको अध्यक्षता तथा ने.बि संघ झापाका जिल्ला सभापति सञ्जय निरौलाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि नवनिर्वाचित कार्यसमितिको स्वागत तथा सम्मानसहित सपथग्रहण गरिएको थियो । क्याम्पास्थित पार्टी कार्यालयको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस कमलका सहसभापति खगेन भण्डारी ,संघका जिल्ला सचिबद्धय गोकुल पौडेल ,एलेक्स मैनाली ,नेपाली कांग्रेस क्षेत्रीय सदस्य ललित मगर ,सन्देस सम्सोहाङ राई , खुम खड्का ,रोशन निरौला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.