कांग्रेस कमलका सभापति न्यौपाने जनमतमा छिरे

दमक,२६ जेठ । गोलाप्रथाबाट कार्यकालको पहिलो खण्डको नेतृत्व गर्न पाएका नेपाली कांग्रेस कमलका सभापति बुद्धिप्रसाद न्यौपानेले पार्टी त्यागेर डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।पाँच वर्षे कार्यकालको आधा कार्यकाल सकिन लाग्दा पार्टी गतिविधिमा निस्कृय बसेका न्यौपाने कांग्रेस त्यागेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनले जिल्ला सभापतिलाई सम्बोधन गर्दै विअिबार पार्टी परित्यागको घोषणा समेत गरेका थिए ।उनी पार्टी अध्यक्ष राउतको हातवाट पार्टी प्रवेश गरेका हुन् ।
गत संघीय,प्रदेश तथा स्थानीय तहको निर्वाचनमा समेत पार्टी हित विपरीत विभिन्न गतिविधि गरेको आरोप लागिरहेको बेला उनले पार्टी छाडेर जनमतमा प्रवेश गरेपछि कमल कांग्रेस भित्र गद्दारहरु पार्टीमा रहनुभन्दा अन्यत्र गएकै राम्रो भनेर टिप्पणी गरिएका छन् ।
स्थानीय तह तथा प्रदेशसभामाको निर्वाचनमा समेत उम्मेदवार हुन आकांक्षी राखेका उनले निर्वाचनमा टिकट नपाएपछि निस्कृय बसेका न्यौपानेले आफनो कार्यकालमा एउटा पनि पूर्ण बैठक बसाउन सकेका थिएनन् ।
पार्टी भित्र आफू पूरानो भएको दावी गरिआउने उनको राजनीतिक गतिविधि शंकास्पद रहेको पार्टी कार्यकर्ताको बुझाई छ । कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत कमलमा १४ असोज २०७८ मा सम्पन्न नेतृत्व चयनको निर्वाचनमा उनी गोलाप्रथाबाट पहिलो खण्ड पार्टी चलाउने जिम्मेवारी पाएका थिए । गाउँ अधिवेशनमा भएको निर्वाचनबाट पार्टीका तत्कालीन गाउँ सभापति खगेन भण्डारीसंगै प्रतिष्पर्धी न्यौपानेले ६५÷६५ मत प्राप्त गरेका थिए ।
पार्टी नेतृत्वमा पाएको मतको जनादेश अनुसार सभापतिमा बराबर मत पाएका न्यौपाने र भण्डारी पक्षबीच पहिलो कार्यकाल न्यौपानेलाई सभापतिको जिम्मेवारी दिने र त्यसपछिको दोश्रो कार्यकाल भण्डारीले सभापति पद सम्हाल्ने लिखित सहमति भएको थियो । त्यस्तो सहमतिमा स्थानीय चार जना स्थानीय नेताहरुले हस्ताक्षर गरेका थिए । अव सहमति अनुसार दोश्रो कालखण्डको नेतृत्वमा भण्डारीको औपचारिक रुपमा बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published.