दमक नगरपालिकालाई जिल्लास्तरिय भलिबलको उपाधि

झापा, २४ जेठ । दमक नगरपालिकाले झापा जिल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।दक्षिणी झापाको कचनकवल गाउँपालिकामा मंगलवार सम्पन्न उपाधि खेलमा
भद्रपुर नगरपालिकालाई हराउदै दमकले उपाधि रक्षा गरेको हो । उपाधिसँगै दमकले नगद ५० हजार रुपियाँ प्राप्त गरेको छ । उपविजयी भद्रपुर नगरपालिकाले २७ हजार रुपियाँ प्राप्त गरेको छ । प्रतियोगिता राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कचनकवलले आयोजना गरेको हो । फाइनलमा दमकले २५–१४, २५–१९, १७–१५ ले जितेको हो । यता भद्रपुरले दुई सेट २५–१९, २५–१९ ले जितेको थियो । प्रतियोगितामा झापा जिल्लाका १२ पालिकाहरुको सहभागिता रहेको थियो ।
खेलको म्यान अफ दि म्याचको उपाधि विजेता टिमका खेलाडी रोमन बस्नेतले हात पार्दै चार हजार रुपियाँ प्राप्त गरेका थिए । नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको परिचय देश विदेशमा फैलाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.