भुल्केदेवि परिसरमा संयुक्त वृक्षारोपण

पथरीशनिश्चरे, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिका -२ स्थित रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा भुल्केदेवि मन्दिर आसपासमा वृक्षारोपण गरिएको छ ।
सोमबार बिहान पथरीशनिश्चरे -१ मा रहेको लोकप्रिय भुल्केदेवि मन्दिर परिसरमा ५० बढी विभिन्न प्रजातिका बिरुवाहरू विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपिएका हुन्।
अमला,रूद्राक्ष,अम्बा, असोक, शिरिष लगायतका विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपिएको रेडस्टार मावि तथा ऋतम्भरा बहुमुखी क्याम्पसका प्राचार्य टिएन तिम्सिनाले बताए। वृक्षारोपण कार्यक्रमकी प्रमुख अतिथि भुल्केदेवि मन्दिर संचालक समितिका अध्यक्ष समेत रहेकी पूर्व उपप्रमुख यमुना विष्ट वास्तोलाले मन्दिर आसपासमा विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोप्ने कार्यक्रम तय गरेकोमा रेडस्टार तथा ऋतम्भरा बहुमुखी क्याम्पस प्रति आभार प्रकट गर्दै प्रशंसा गरिन् । वृक्षारोपण पछि आयोजित एक संक्षिप्त भेलामा भुल्के जालपा देवी मन्दिर आसपासमा वन जंगलका बाँदर लगायतका अन्य वन्यजन्तुहरुको आहारा संरक्षण गर्न तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्नका लागि फलफूल आदि विभिन्न खालका बिरूवाहरू आवश्यक रहेको औल्याए। उनले सो अभियानमा रेडस्टार मावि सहित ऋतम्भरा कलेजको सिंगो टिम लागेकोमा आफुलाई निकै खुसी लागेको बताइन्।
सोहि क्रममा वडा अध्यक्ष भीम कुमार राईले यस क्षेत्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूले सालको मात्रै संरक्षण गर्ने मुख्य उदेश्य लिएर काम गरेको देखिएको बताए । उनले अब वन जंगलमा वन्यजन्तुको आहारा संरक्षण गर्नका निम्ति पनि ति वन समुहहरूले ध्यान पुर्याउन आग्रह गरे।
सोहि क्रममा रेडस्टार मावि तथा ऋतम्भरा कलेजका निर्देशक तथा प्रिन्सिपल तिम्सिनाले आगामी दिनहरुमा पनि मन्दिर संचालन समितिसँग सहकार्य गर्दै अगाडि बढ्ने र रोपिएका बिरूवाहरूको संरक्षण तथा मलजल सहित नयाँ नयाँ प्रजातिका बिरुवाहरू रोपिएर संरक्षण गर्ने प्रतिबद्धता जनाए।
सोहि अवसरमा मन्दिरका मुख्य पुजारी वीर बहादुर घिसिङले बिरूवाहरूको संरक्षणका लागि घेराबारा गर्न‌‌‌ अनुरोध गरे।उक्त अवसरमा विद्यालयका संस्थापक तथा आईएसएकोओडिनेटर राजु तिम्सिना,संस्थापक सदस्य विजय डांगी, भाईस प्रिन्सिपल बसन्त मादेन, नगरपालिकाका सूचना संयोजक सन्तोष राई, प्राध्यापक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरू तथा पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.