यूनियनको सल्लाहकार समिति गठन, स्थापना दिवस मनाउदै

दमक,६ जेठ । नेपाल प्रेस युनियन झापा शाखाले युनियनका अग्रजहरु सम्मिलित ७ सदस्यीय एक सल्लाहकार समिति गठन गरेको छ ।युनियन झापाको नवनिर्वाचित जिल्ला समितिको आज विर्तामोडमा बसेको पहिलो बैठकले सल्लाहकार समिति गठन गर्नुका साथै अन्य बिभिन्न निर्णयहरु गरेको जिल्ला सचिव अर्जुन राजबंशीले जानकारी दिए ।
शाखा अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले युनियनका अग्रजहरु चिन्तामणी दाहाल, लोकराज ढकाल, कृष्ण हुमागाईं, गोविन्दचन्द क्षेत्री, भिम नेम्बाङसहित निवर्तमान अध्यक्ष ईन्दु पुर्वेली र गत निर्वाचनमा अध्यक्षका प्रत्यासी राजेन्द्र गौतम सदस्य रहेको एक सल्लाहकार समिति गठन गरिएको सचिव राजबंशीले बताए ।
त्यसैगरी आगामी जेठ १३ गते युनियनको ३२ औं स्थापना दिवस झापाको गौरादहमा अन्तर्कि्रया कार्यक्रम गरिने तय भएको छ । त्यस्तै गत बैशाख ३१ गते सम्पन्न युनियनको अधिवेशन सम्पन्न गर्न सहयोग पुरयाँउने निर्वाचन समिति, केन्द्र र प्रदेशबाट आएका प्रतिनिधिहरु, युनियनका अग्रजहरु, युनियनका सदस्यहरु साथै निवर्तमान समिति सबैलाई धन्यबाद दिने निर्णय समेत गरेको सचिव राजबंशीले बताए ।

Leave a Reply

Your email address will not be published.