पाँचथरमा ट्याक्टर दुर्घटना : दुई बालिकाको मृत्यु, दुई घाइते

फिदिम, ३ जेठ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले हिलिहाङ गाउँपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गङ्गा सुवेदीको ट्याक्टरबाट खसेर ज्यान गएको जानकारी दिए ।
ट्याक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गङ्गाको बुधवार बिहान मृत्यु भएको हो । यसैगरी, दुई जना घाइते भएका छन् । घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।
जंगल गएका शेर्पा मृत फेला
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृत फेला परेका छन्।आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.