अल्जाइमर अथवा विर्सिने रोग,लक्षण र उपचार

-डा.लेखनाथ न्यौपाने
डिमेन्सिया अथवा विर्सने रोगलाई नै अल्जाइमर भनिन्छ । तर अल्जाइमर नै डिमेन्सियाको सबै कारण भने होईन । डिमेन्सियालाई मानिसहरु मानसिक रोगसँगै मिसाएर हेर्ने गर्छन् । तर, यो रोग भनेको विशेष गरेर बुढेसकालमा देखापर्ने एक प्रकारको समस्या हो । दिमागमा भएका असंख्य कोष(न्युरोन) मध्ये केहि न्युरोन या मस्तिष्कको सानो भागले स्मरण शक्तिलाई कायम राख्न नसकेको अवस्था हो । यो अवस्था भनेको निक्कै पीडादायी अवस्था हो डिमेन्सिया मानसिक रोग नभएर एक प्रकारको मस्तिष्कको असहज अवस्था हो । आप्mना विगत र वर्तमानहरुलाई सम्झन नसक्नु हो । दैनिकी विर्सनु हो ।
कारणहरु : संसारका प्राणी मध्ये सबै भन्दा उच्च स्मरण शक्ति भएको मानिस नै हो । उमेरसँगै मानिसका मस्तिष्क कोषहरुमा कडापन देखापर्ने र आकारमा खुम्चिने हुन्छ । यसको प्रमुख कारण मस्तिष्क कोषहरुलाई चाहिने आवश्यक पौष्टिक तत्वको र रक्त सञ्चारको कमी हुनु हो । साथमा निस्क्रिय जीवाशैली एउटा कारण हो । विभिन्न रोगका कारण लगातार औषधीको सेवन, लामोे समयसम्म तनावमा रहनु । निद्रा नलाग्नु, मस्तिष्क घात, उच्च रक्तचाप, पटक पटक टाउँकामा चोट लग्नु, पौष्टिक खानेकुराको कमी, लामो समयसम्म एक्लो हुनु या परिवारमा रहेर पनि एक्लै भएको महशुस गर्नु, अल्कोहल जन्य पदार्थको अत्याधिक सेवन, कुनै प्mयाक्ट्रीमा जस्तै ग्याँस, कोइला या अन्य रसायनिक क्षेत्रमा काम गर्नु । यस्ता धेरै कारण्हरुले विर्सिने रोग लाग्ने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।

लक्षणहरु : आप्mनो दैनिकीमा क्रमश असहजता या कठिन हुँदै जानु, अहिले गरेको काम के भनेर विर्सिनु या के गर्न गएको भन्ने नै विर्सिनु, बाटो कता या सधै हिँडेको बाटो विर्सनु, काम गरेकै भए पनि गरे गरिन भनेर सम्झिन नसक्नु, कन्फिडेन्स गुमाउदै जानु, अफिसमा या अध्यापनमा भए राम्रो परफरमेन्स देखाउन नसक्नु । परिवारजनको नाम के, या आप्mनै नाम विर्सनु, परिवारका सदस्यलाई नचिन्नु, खाएको कुरा विर्सनु र खाएकै छैन् भन्नु । अझ विरामले च्याप्दै लैजादा दिसा पिसाव ठाउँमा जानुपर्छ भन्ने नै विर्सनु । अझ अवस्था जटिल हुँदै जादा दिसा पिसाव हातमा खेलाउनु जस्ता अपत्यारिला तर सत्य अवस्थाहरु विरामीमा देखिन सक्छन् । यो अवस्थामा विरामी व्यक्तिलाई केहि थाहा हुँदैन । उसले जानीजानी गरेको हुँदैन् । उसको सोच्ने, सम्झिने, यो गर्नु हुँदैन भन्ने कुरा नै दिमागले दिसोवोध गर्न सक्तैन । यस्तो अवस्थामा विरामीलाई दोस देखाउनु हुँदैन । किनकी उसलाई चलाउने मस्तिष्कले नै काम गरिरहेको हुदैन् । उसलाई माया र रेखदेखको आवश्यकता हुन्छ । पौष्टिक खानेकुराको आवश्यकता पर्छ । पौष्टिक खानेकुराले मस्तिष्कलाई अरु कमजोर हुनबाट बचाउँछ र रोग अरु वढेर जादैन् ।

डिमेन्सिया अथवा विर्सने रोगलाई नै अल्जाइमर भनिन्छ । तर अल्जाइमर नै डिमेन्सियाको सबै कारण भने होईन । डिमेन्सियालाई मानिसहरु मानसिक रोगसँगै मिसाएर हेर्ने गर्छन् । तर, यो रोग भनेको विशेष गरेर बुढेसकालमा देखापर्ने एक प्रकारको समस्या हो । दिमागमा भएका असंख्य कोष(न्युरोन) मध्ये केहि न्युरोन या मस्तिष्कको सानो भागले स्मरण शक्तिलाई कायम राख्न नसकेको अवस्था हो । यो अवस्था भनेको निक्कै पीडादायी अवस्था हो डिमेन्सिया मानसिक रोग नभएर एक प्रकारको मस्तिष्कको असहज अवस्था हो । आप्mना विगत र वर्तमानहरुलाई सम्झन नसक्नु हो । दैनिकी विर्सनु हो ।

…………………………………………………………………………………………………………………………………………………………

उपचार : विर्सने रोगबारे धेरै अध्ययन र अनुसन्धान भए तर पनि यस अवस्थाको पूर्ण उपचार या औषधी पत्ता लाग्न सकेको छैन् । त्यसैले यो अवस्थामा घरपरिवारका सदस्यले सकारात्मक भएर विरामीलाई रमाइला कुरा गरेर हसाउँने, हिँड्नसक्ने भए आफैसँग पहिले हिँडेका ठाउँमा लैजाने, पुराना साँथीहरुसँग भेट गराउने, पहिलेका कुरा गर्ने । जसले गर्दा केहि कुराहरु सम्झिने र विरामीमा केहि सुधार हुने सम्भावना रहन्छ । विरामीमा अन्य कुनै रोग भए समयमै उपचार गर्ने । विरामीलाई सफासुघर राख्ने, अगाडी सुन्दर फुल, हसिला उनकै या परिवारका फोटा राख्ने ताकी उनले आप्mना सन्तान चिन्न सकुन, आफुलाई चिन्न सकुन । किनभने डिमेन्सिया धेरै मानसिक रुपमा पिडादायी अवस्था हो । मानिसले आफैलाईसम्म विर्सिएपछि कति पिडा हुन्छ घर परिवार र आफन्तमा । हो, परिवार समाज र आफन्त जनमा यस्तो देखिन्छ भने सक्दो सहयोग गर्नुपर्छ । परिवारका सदस्यलाई सान्तवना र राम्रो व्यवहार गर्न सुझाउनुपर्छ । के थाह भोली आफुलाई पनि पर्नसक्छ । यसका साथै नियमित जाँच र चिकित्सकको सहयोग लिनुपर्छ । अन्य रोग भए औषधी आफैले ख्वाउनुपर्छ । विरामीले त खाने सम्भावना हुँदैन् ।

हरेक कुरामा ख्याल राख्नुपर्छ । कतै हिँडिदिएर हराउने डर पनि रहन्छ । साथमा पोशिला खाने कुरा सम्भव भए हाडे बदाम, ओखर, सक्खर, च्याउ, थोरै घिउ, दुध बेसार ख्वाउनु रोकथामको उपाय हो । लामो अध्यायन र धेरै डिमेन्सिया भएका विरामीमा गरिएको अनुसन्धान अनुसार होमियोप्याथिक औषधी निक्कै उपयोगी देखिएको छ । सम्भव भए चिकित्सकसँग सम्पर्क गरेर अरु औषधीसँगै यो औषधी पनि खुवाउनु पर्छ । यसले अवस्था अरु विग्रीन दिदैन । सामान्य योग, व्यायम, मनोरञ्जन अनि घुम्न जाने या लैजाने बानी गर्नु राम्रो हो । व्यायमले मस्तिष्कमा रक्तसंचार वढन गई विरामीमा सुधार ल्याउन सक्छ । त्यसैले डिमेन्सिया हुनबाट सक्दो बचौँ र बचाऔँ । समान व्यवहार गरौ अनि मानवताको परिचय दिउँ । (लेखक रीता होमीयो क्लिनिक सेन्टरका सञ्चालक हुन् ।)

Leave a Reply

Your email address will not be published.