दमकमा राष्ट्रिय युवा महोत्सव हुँदै

दमक,१९ बैशाख । दमकमा दुई दिने राष्ट्रिय युवा महोत्सव हुने भएको छ । यूवास्त्रले यहि बैशाख २७ गते देखि २९ गते सम्म सञ्चालन हुने युवा महोत्सवको तयारी तीव्र पारिएको जनाएको छ ।
आयोजकले पत्रकार सम्मेलन गरि दमकस्थित पशुहाटको खुल्ला स्थानमा हुने महोत्सवको तयारी र यसको आकर्षकको बारेमा जानकारी दिएको हो ।
यूवास्त्रका अध्यक्ष प्रवेश बास्ताकोटीका अनुसार महोत्सवको उद्धघाटन पूर्व प्रधानमन्त्री तथा झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले गर्ने छन् ।खासखगरी युवाहरुलाई उद्यममा जोडेर स्वदेशमा नै स्वरोजगार बनाउन युवा महोत्सव आयोजना गर्न लागिएको उनले स्पष्ट पारे ।
उनका अनुसार महोत्सवमा युवाहरुवीच राजनैतिक, सामाजिक, खेलकुद तथा साहित्यसँगै मनोरञ्जनको क्षेत्रमा समेत अन्तरकृया गरिने छ ।यसकालागि विभन्न राजनीतिक दलका युवा नेताहरुमध्ये बिश्वप्रकाश शर्मा, योगेश भट्टराई, रबिन्द्र मिश्रको उपस्थिति रहने छ भने कलाकारिताको क्षेत्रमा मनोज गजुरेल र शिव परियार आउने निश्चित भइसकेको छ ।हरेक दिनको साझँ साङ्गीतिक कार्यक्रम समेत हुने भएकाले त्यसकालागि २० रुपैँया मात्रै प्रवेश शुल्क तोकिएको छ ।
महोत्सव गर्न कुल ३५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ भने यसकालागि २५ लाख रुपैँयाको श्रोत सुनिश्चित भइसकेको र बाँकी १० लाख रुपैँया महोत्सव आयोजना भएकै बेलामा टिकट तथा अन्य गतिविधिबाट संकलन हुने अपेक्षा गरिएको छ । महोत्सव करिव ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.