दमक,१५ बैशाख । बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघाको पार्थिव शरीर आज दिउँसो गृह नगर दमक ल्याइएको छ । गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बेघाको ८७ंं बर्षको उमेरमा निधन भएको थियो ।
उनको पार्थिव शरीर आफनै ठाउँमा अन्त्येष्टि गर्न दमक ल्याईएको मृतक बेघाकी बुहारी मनकुमारी वेघाले बताईन् ।सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएका थिए । १३ जना गोर्खाली भीसीहरूमा उनी मात्र जीवित थिए ।
दमक ८ का स्थायीबासिन्दा उनका चार छोरा छन् । बेघाको स्वास्थ्य अवस्था जटिल भएपछि तीन महिना अघि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको समेत सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनी मिर्गौला र मुटु सम्बन्धी पुरानो समस्याबाट अस्वस्थ्य थिए ।
यस्तो हुने छ अन्त्येष्टि कार्यक्रम
यसैवीच ,अनेरी क्याप्टेन समेत रहेका स्व. भिसी वेघाको पार्थिव शरीर अन्त्येष्टि लगायतका कार्यक्रम पनि सार्वजनिक गरिएको छ । जसअनुसार उनको अन्त्येष्टि यहि चैत १७ गते विहान ११ वजे विशेष सम्मानका साथ गर्न लागिएको गोर्खा वेलफेयर कार्यालयले जनाएको छ । अन्त्येष्टि पूर्व आइतवार विहान ७ .४५ वजेदेखि ११.१५ वजे सम्म दमक ८ स्थित उनको निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दमक ६ स्थित उनकै आफनो नीजि किरात माङहिममा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिने जनाइएको छ ।अन्त्येष्टि कार्यक्रममा व्रिटीस सैनिकका उच्च अधिकारीहरु लगायतको समेत उपस्थिति रहने जनाईएको छ ।
काठमाडौबाट ल्याईएको उनको पार्थिव शरीर दमक अस्पतालको शव गृहमा राखिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू (भिसी ) एम.भि.ओ.प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए । उनले श्रद्धाञ्जलीसहित अन्त्येष्टिका कार्यक्रमलाई थप व्यवस्थित बनाउन सय बढी स्वमसेवकहरु परिचालन गरिने बताए ।