वडाअध्यक्ष दाहालले दिए दिर्घरोगीलाई सहयोग

दमक , १४ बैशाख । दमक ४ का वडाअध्यक्ष पुण्यप्रसाद दाहालले आफनो सुविधावापत प्राप्त गरेको रकमबाट वडाका एक जना दिर्घरोगीलाई आर्थिक सहयोग गरेका छन् ।स्थानीय तहको निर्वाचन ताका प्रतिबद्धता गरेअनुसार वडाअध्यक्ष दाहालले आफुले प्राप्त गरेको तलब भत्ता वापतको रकमबाट रु १० हजार स्थानीय मंगलटोल निवासी दिर्घरोगी तारा परियारलाई सहयोग उपलव्ध गराएका हुन् । कमजोर आर्थिक अवस्था विरामीलाई औषधी सेवनमा सघाँउ पुरयाँउन स्वेच्छिक सहयोग पुरयाँएको उनले बताएका छन् ।
आज पीडितको घरैमा पुगेर उनले उक्त सहयोग हस्तान्तरण गरे । यसअघि समेत उनले आफनो प्राप्त गरेको सुविधमार्फत त्यहाँका दुई जना विरामी तथा असहायलाई आर्थिक सहयोग गरेका थिए । वडाअध्यक्ष दाहाल नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।सहयोग हस्तान्तरणमा कांग्रेस दमक ४ का सभापति राजेन्द्र सिटौला, नगर सचिव दिपेश दाहाल ,नेत्र सुवेदी लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.