दमक ,६ बैशाख । किरात राई यायोक्खाले बर्षोदेखि भोगाधिगार गरिआएको झापा, कमल गाउँपालिका -५ स्थित सांस्कृतिकस्थल संरक्षणका लागि घेराबेरा निर्माण कार्य शुरु गरिएको छ ।
गाउँपालिकाको १० लाख बिनीयोजित वजेटबाट सांस्कृतिस्थल क्षेत्रमा घेराबेरा गर्न थालिएको निर्माण उपभोक्ता समितिका सदस्य हरि राईले बताए । घेरोवेरा गर्न सेलिना राईको संयोजकत्वमा एक निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
समितिका सदस्य राईका अनुसार घेराबेराका लागि कमलका ७ वटा वडाका राई समुदायका युवाहरुले दैनिक श्रमदानमा खटिएका छन् । घेरावेरा गर्न दैनिक २० जना बढी युवाहरुले श्रमदान गरिआएको सदस्य हरि राईले बताए ।
यायोक्खाले त्यहाँ आफनो कुलपूजालगायतका धार्मिक तथा सांस्कृतिक गतिविधि गरिआएको छ । जसका लागि यायोक्खाले करिव १० कठठा जमीन भोगगरिआएको छ । पालिकाको बिनीयोजित वजेटमार्फत यायोक्खाले निर्माणधिन योजनाको गुणस्तरसंगै लक्ष्य भन्दा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको उनले बताएका छन् ।