बिर्तामोड ,५ बैशाख । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पूर्णानन्द शर्मालाई सम्मान गरेको हो ।
वडा पार्टीले सोमबार बिर्तामोड–२ स्थित चारपानेमा नववर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
कांग्रेस बिर्तामोड -२ का अध्यक्ष देवीप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथाकी कार्यक्रममा प्रमुख अतिथि थिए । नेता बुढाथोकीसहित संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।
पार्टीका क्षेत्रीय प्रतिनिधि देवीप्रसाद गिरीले स्वागत तथा सम्मान कार्यक्रमकोको औचित्य माथि प्रकाश पारेका थिए भने प्रमुख अतिथि बुढाथोकी, संविधानसभा सदस्य शिवाकोटी, सम्मानित ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र, पार्टीका झापा उप–सभापति केशव पाण्डे, झापा सदस्य पार्वता गिरीलगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधि धर्म लक्सम, वडा सचिव रुपनारायण ढकाल र तेजकुमार सुब्बाले सम्मानपत्र वाचन गरेका थिए ।