साहद्धारा आफू जन्मिएको भवानीपुरमा गरे स्वास्थ्य शिविर

दमक,४ बैशाख । झापा, कमल गाउँपालिका -५ मंगलवारे निवासी चन्द्र साहले आफू जन्मिएको स्थानमा हालै एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाका सभापति समेत रहेका साहले मधेश प्रदेश,सिराहा जिल्लास्थित धनगढीमाई नगरपालिका वडा न. २ वेताहा भवानीपुरमा सञ्चालित शिविरमा विभिन्न रोगका १३५ जना विरामीले सेवा पाएका छन् ।

शिविरमा औषधी समेत निशुल्क वितरण गरिएको साहले वताएका छन् ।साहका अनुसार शिविरमा साहसहित स्वास्थ्यकर्मीहरु रविन राई, जानुका राजवंशी, शिव ताजपुरिया, पुनम राजवंशी लगायतले प्राविधिक सहयोग पुरयाँएका थिए ।
सामाजिक कार्यमा सक्रिय साहले आफनो पूख्यौली ठाँउमा यसरीनै बार्षिक रुपमा एक दिन स्वास्थ्य शिविर सञ्चालन गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.