पाडाजुंगी,३० चैत । झापा, कमल गाउँपालिका -५ स्थित गुहेश्वरी आधारभुत विद्यालयमा स्थानीय सामाजिक युवा व्यक्तित्व गोविन्द खनालले अक्षय कोष स्थापना गरेका छन् ।
विद्यालयले हालै आयोजना गरेको अभिभावक भेलामा पाडाजुङ्गी निवासी खनालले आफ्नी आमा डम्बर कुमारी बस्नेत खनालको स्मृतिमा रु. ६७ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
उनले अक्षय कोषको चेक बिद्यालयका पूर्व प्रधानाध्यापक बासुदेब सापकोटा हस्तान्त्तरण गरे । कोषका दाता खनाल स्थानीय लगनशील कृषि सहकारी संस्थाका अध्यक्ष समेत हुन् । कोषमार्फत प्राप्त हुने व्याजबाट विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने जनाईएको छ ।
विद्यालयमा स्थानीय शैक्षिक अगुवाहरुले समेत केहि अक्षयकोष स्थापना गरि त्यसमार्फत शैक्षिक अभिबृद्धि,छात्रबृति लगायतका कार्यक्रमहरु सञ्चालन गरिआएको सहायक प्रधानाध्यापक विष्णुप्रसाद खनालले बताए ।