दमकमा एक जना व्यवसायीले गरे इच्छामरण

दमक ,२९ चैत । दमक- १ का एक जना व्यवसायीले आज विहान इच्छामरण गरेका छन् ।फाल्गुनन्द चौंकस्थित भगवती हार्डवेयरका सञ्चालक विरेन्द्र बोहोरा आफनै पसलसंगैको एक कोठामा मृत भेटिएका हुन् ।
पसल खोलेर उनले पसल नजिकको कोठामा डोरीको पासो लगाई इच्छामरण गरेका थिए । दमक ३ निवासी  ३८ बर्षिय मृतक बोहोराका श्रीमती, एक छोरा ,दुई छोरी रहेको बुझिएको छ ।
उनले किन इच्छारमण गरे कारण खुल्न सकेको छैन् । प्रहरीले खबर पाएलगत्तै कानुनी प्रकृया गरि शव उठाई पोष्टमार्टमका लागि परिवारलाई जिम्मा लगाएका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.