धिमाल परिवारलाई मेयर थापाको सहयोग

दमक,२४ चैत । हावाहुरीका क्रममा रुखको हाँगा लागेर ज्यान गुमाएकी दमक -४ अर्नाखाडीकी धिमाल परिवारलाई नगरपालिकाका प्रमुख रामकुमार थापाले सहयोग पुरयाँएका छन् ।
तीनदिन अघि मृत्यु भएकी सिलाई धिमालको परिवारलाई उनले पीडितको घरैमा पुगेर राहत स्वरुप ५० केजी चामलसहित नगद सहयोग गरेका हुन् । ५८ बर्षिया सिलाईको निधनमा समवेदना दिन प्रमुख थापा पीडितको घरमा पुगेर ती राहत हस्तान्तरण गरे ।
घर नजिकैको जंगलमा दाउरा खोज्ने क्रममा उनलाई रुखको हागाले लागेर सख्त घाईते उनको सोहि दिन उपचारका क्रममा मृत्युभएको थियो । डेढ कठठा जमीनमा बस्दैआएका मृतक धिमालका श्रीमान लेखनबहादुर र एक छोरी -एक छोरी छन् । यसैगरि, दमक नगरपालिकामा रुदै आफना समस्या सुनाउन पुगेकी दमक -५ की एक जना महिलालाई समेत नगर प्रमुख थापाले ५० केजी चामल उपलव्ध गराएका छन् ।

Leave a Reply

Your email address will not be published.