दमक,२४ चैत । झापाको कमल गाउँपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरण गरेसंगै जग्गाको कित्ताकाट खुलेको छ ।यो संगै जिल्लाको माइपश्चिम क्षेत्रका सबै पाँच वटा स्थानीय तहमा रोकिएको जग्गाको कित्ताकाट लगायतका किनवेच खुला भएको मालपोत कार्यालय दमकले जनाएको छ । कमलको कित्ताकाट भने तीनदिन देखि खुला भएको हो ।
कार्यालयका प्रमुख हिमालय बरालका अनुसार आफनो कार्यक्षेत्र रहेको दमकसहित गौरादह,शिवसताक्षी नगरपालिका र गौरीगञ्ज ,कमल गाउँपालिकाको जग्गा कित्ताकाट संगै किनबेच खुला भएको छ । सवैभन्दा पहिला दमकले नियमानुसार कित्ताकाट खुला गर्ने कार्य गरेको थियो । करिव दुई वर्षदेखि सरकारले जग्गाको कित्ताकाटमा रोक लगाएसंगै जग्गा किनबेच कार्य प्रभावित भएको थियो ।
जग्गा कित्ताकाट खुला भएसंगै मालपोत तथा नापी कार्यालयमा सेवाग्रहीको चाप बढ्दै गएको मालपोत कार्यालय दमकका कर्मचारी मेदनी पोख्रेलले बताए ।
यसैगरि, यस कार्यालयले आगामी नयाँ वर्षदेखि भु–सेवा केन्द्र सञ्चालन गर्ने कार्य तयारी तीव्र पारेको जनाईएको छ ।