बिर्तामोड ,२२ चैत । झापाको अर्जुनधारा नगरपालिका- ३ खुदुनाबारी स्थितबाट नक्कली काजजात (बिलबुक ) बनाई मोटरसाईकल बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हल्दिबारी -१ का ४४ बर्षीय जगत बहादुर लिम्बू रहेका छन् । मंगलवार दिउँसो नक्कली बिलबुक बनाई मोटरसाईकल बिक्री गरीररहेको भन्ने बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई केटिएम डुक मोटरसाईकल २ थान, पल्सर मोटरसाईकल १ थान, नक्कली बिलबुक ३ थान, न्यु धनुषा ट्रेडसको प्यान बिल, खरिद बिक्रि सम्झौता पत्र र छापसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बू इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।