माक्र्सवादी ज्ञान केन्द्रद्धारा दमकमा फूडफेस्टिवल

दमक, १५ चैत । माक्र्सवादी ज्ञान केन्द्र केन्द्रीय कमिटीले मौलिक संस्कृति प्रर्वद्धनमा सहयोग पुरयाँउने उद्देश्यले दमक चौंकमा आज बुधबार फूडफेस्टिवलको आयोजना गरेको छ ।
स्थानीय गणतन्त्र चौंकमा आयोजित फूडफेस्टिवलमा यहाँका राई ,लिम्बू, धिमाल, नेवार, ताजपुरिया, राजवंशी लगायतका आदिवासी,जनजाति समुदायका खाद्य परिकारहरुको प्रर्दशनी गरिएको थियो । मौलिक संस्कृतिलाई आयआर्जनका रुपमा रुपान्तरण गर्न जोड दिन संस्थाले सचेतनामूलक यस किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था माक्र्सवादी ज्ञान केन्द्रकी अध्यक्ष राधिका ओझाले बताएकी छन् ।
फूडफेस्टिवलमा आदिवासी समुदायका विभिन्न खानपीनका परिकारहरु प्रर्दशनीका रुपमा राखिएको थियो । फूडफेस्टिवलमा स्थानीयले अवलोकन गरेका थिए ।
फूडफेस्टिवलमा आदिवासी जनजातिका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.